अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी
अछाम | मंसिर ७, २०७९
अछामः अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ ।
नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

